एजेन्सी
टोकियो, २७ वैशाख ।
जापानी अधिकारीहरूले उच्च माध्यामिक विद्यालयका खेलाडीहरूलाई दौडको क्रममा ह्यान्ड सेनिटाइजर पिउँन दिएको र एक विद्यार्थी स्यानिटाइजर पिएपछि बिरामी परेको विषयमा अनुसन्धान गर्ने बताएका छन् ।
मध्य जापानको यामानाशी प्रिफेक्चर (जिल्ला जस्तै)मा गत सप्ताहन्तमा आयोजित छात्राहरूको ५ मिटर दौड प्रतियोगितामा आयोजकहरूले भूलवश कपमा खन्याएको सेनिटाइजर धावकहरूको लागि पेय स्टेसनमा राखेका थिए ।
सेनिटाइजरलाई लेबल नगरिएको प्लास्टिकको बोटलमा पिउँने पानी भएको कार्डबोर्ड बक्समा राखिएको यामानशीको हाईस्कूल खेलकुद महासंघले जनाएको छ । मदिरा मिश्रण गरिएको ह्यान्ड स्यानिटाइजर सामान्यतया कोभिड–१९ बाट बचाउन प्रयोग गरिन्छ । महामारी सुरु भएदेखि नै जापान र अन्य देशहरूमा यसको प्रयोग भएको छ ।
सेनिटाइजर पिएपछि एक खेलाडी ढलेर वान्ता गरेका थिए । अन्य दुई जनाले निरन्तर वाकवाक गरेका थिए । घाइते तीनै जनालाई उपचारका लागि अस्पताल लगिएको थियो । उनीहरूको स्वास्थ्यमा सुधार आइरहेको प्राप्त विवरणहरूमा जनाइएको छ । सो घटनाबारे तेस्रो पक्षले अनुसन्धान गर्ने यामानाशीका गभर्नर कोतारो नागासाकीले बताए ।
यसअघि भारतमा काेभिडबाट बच्न भन्दै एक व्यक्तिले सेनिटाइजर पिउँदा गम्भीर घाइते भएका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |