काठमाडौं, २३ वैशाख।
अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय निर्वाचनका लागि प्रदेश १ बाट मताधिकार प्राप्त गर्ने ११ जिल्लामध्ये १० जिल्ला फुटबल संघको टुङ्गो लागेको छ । शुक्रबार बसेको प्रदेश १ फुटबल संघको भेलाबाट केन्द्रीय निर्वाचनका लागि मताधिकार पाउने १० जिल्लाको टुङ्गो लागेको हो।
भेलाले संयुक्त प्रेस नोट निकाल्दै प्रदेश १ बाट उम्मेदवारी दिने उम्मेदवारको पक्षमा सर्वसम्मत रुपले एकजुट भई सामूहिक रुपमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रेस नोटमा नाम नखुलाइए पनि एन्फा आगामी ६ असारको चुनावका लागि पूर्वबाट हालका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ अध्यक्ष पदमा लड्ने तयारीमा छन् । हालका अध्यक्ष कर्मा छिरिङ शेर्पा उनका प्रतिद्वन्द्वी हुनेछन् ।
यसका लागि धरान टेक्निकल सेन्टरमा भएको चुनावबाट ताप्लेजुङ, पाँचथर, इलाम, भोजपुर, खोटाङ, धनकुटा, मोरङ, उदयपुर, सुनसरी र झापाले मताधिकार प्राप्त गर्दा संखुवासभा भने मताधिकारबाट बाहिरियो ।
निर्वाचनका लागि ४८ मध्ये ४५ जिल्ला फुटबल संघ मताधिकार प्राप्त छन् । ए डिभिजन लिगबाट १४, बी बाट ११ र सी बाट ९ क्लबले मताधिकार पाउनेछन् ।
यस्तै राष्ट्रिय लिगमा छनोट भएका चार क्लब सहित एन्फाको महिला, खेलाडी, रेफ्री र प्रशिक्षक संघले मताधिकार पाउनेछन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |