काठमाडौं, २२ वैशाख।
साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली सेयर बजार नेप्से ३७ अंकले घटेको छ । निरन्तर ओरालो लागेको नेप्से परिसूचक बिहीबार घटेर २२ सय ३८ दशमलव ६२ अंमा पुगेर बन्द भएको हो ।
नेप्से परिसूचक बुधबार ३१ दशमवल ७६ अंकले गिरावट आएको थियो । नेप्से २२ सय ७५ अंकबाट खुलेको सेयर बजार अन्तिम समयमा घटेर २२ सय ३८ मा पुगेर बन्द भएको छ ।
बजारमा सेन्सेटिभ इन्डेक्स ४ दशमलव ३४ अंकले घटेर ४ सय ३२ अंकमा पुगेको छ। यो साता तीन दिन मात्र खुलेको सेयर बजार निरन्तर ओरालो लाग्दै आएको छ । सोमबार २३ सय ५८ बाट खुलेको नेप्से बजार साताको अन्तिम दिन बिहीबार २२ सय ३८ अंकमा झर्दा नेप्से एक सय २० अंकले गिरावट आएको छ ।
साताको पहिलो दिन आइतबार र तेस्रो दिन मंगलबार सार्वजनिक बिदाले बन्द रहेको थियो । नेप्सेमा बिहीबार ४६ लाख ७४ हजार ९ सय ४० कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६५ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेमा बिहीबार दुई सय ३२ कम्पनीको सेयर खरिदबिक्री हुँदा दुई सय १४ कम्पनीका सेयरधनीले गुमाएका छन् भने आठ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |