एजेन्सी
किभ, २२ वैशाख।
रुसले मारिओपोलको अजोभस्टल स्टिल कारखानामा रहेका आफ्ना बाँकी सैनिकहरूलाई समाप्त पार्ने प्रयास गरिरहेको युक्रेनले बिहीबार बताएको छ । मस्कोका फौजहरू कारखानाभित्र प्रवेश गरेको किभका अन्तिम रक्षकहरूले बताएका छन् ।
‘रूसी आक्रमणकारीहरूले एजोभस्टल क्षेत्रमा युक्रेनी एकाइहरूलाई अवरुद्ध गर्न र नष्ट गर्न खोजिरहेका छन्’, किभको सेनाले एक विज्ञप्तिमा भनेको छ, ‘कारखाना नियन्त्रणमा लिन रुसले पुनः आक्रमक कारबाही गरेको छ । ’
रुसले घोषणा गरेको युद्धविरामलाई घेरामा राखिएको प्लान्टमा सुरु हुन लागेको बेला यो बयान आएको हो, जहाँ सयौं युक्रेनी सैनिक र केही नागरिक हप्तादेखि फसेका छन् ।
रुसी सेनाले घोषणा गरेको युद्ध विराम केही सातादेखि घेरा हालिएको कारखानामा लागू हुन केही समय बाँकी रहँदा सो विज्ञप्ति सार्वजनिक भएको हो । सो कारखानामा सयौँ युक्रेनी सेना र केही सर्वसाधारण हप्तौँसम्म त्यहाँ फसेका थिए ।
मारिओपोलको रक्षाको नेतृत्व गर्दै आएका अजोभ बटालियनका कमाण्डरका अनुसार रुसी सैनिकहरू प्लान्टमा प्रवेश गरिसकेका छन् र त्यहाँ रक्तपातपूर्ण लडाइँ चलिरहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |