धादिङ,२२ बैशाख ।
धादिङमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका नेताहरुलाई नेपाली कांग्रेस धादिङले पार्टीबाट निष्काशन गरेको छ ।
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध जिल्लाको बिभिन्न स्थानिय तहको विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्काशन गरिएको कांग्रेस धादिङले जनाएको छ ।
आज नेपाली काँग्रेस जिल्ला कार्यसमिति धादिङले एक बिज्ञप्ती जारी गर्दै केन्द्र र जिल्लाको अनुरोधलाई वेवास्ता गर्दै आफ्ना उम्मेदवारी कायमै राखेका पार्टी सदस्यहरू देवीप्रसाद सिलवाल(बेनिघाट रोराङ गाउँपालिका), कल्पना अधिकारी (नीलकण्ठ नगरपालिका), टेकजंग लामा (नेत्रावती डबजोङ गाउँपालिका), फुलबहादुर तामाङ (खनियावास गाउँपालिका) र सरिता तामाङ (खनियावास गाउँपालिका) लगायत निजहरूका प्रस्तावक र समर्थक साथै अन्य स्वतन्त्र उम्मेदवार रहेका पार्टी सदस्य, निजहरूका प्रस्तावक र समर्थक रहेका पार्टी सदस्यहरूलाई कांग्रेसको विधान २०१७(संशोधन सहित) को धारा ४ उपधारा १३ (ग) बमोजिम आजबाट सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जनाएको छ ।
स्वतन्त्र उम्मेदवारी फिर्ताका लागि केन्द्रीय कार्यालयले बैशाख १६ गते सार्वजनिक अनुरोध गरेको, प्रस्तावक र समर्थक बनेका पार्टी सदस्य समेतले उक्त उम्मेदवारीप्रति पुनर्विचार गरी बैशाख २१ गतेभित्र सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरेर उम्मेदवारी निष्क्रिय गर्न र आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुन पुन केन्द्रीय कार्यालयले सार्वजनिक अनुरोध गरेको र जिल्ला नेतृत्वले पटक–पटक अनुरोध गर्दा समेत फिर्ता नलिएका सदस्यहरूलाई कांग्रेसबाट निष्काशित गरिएको बिज्ञप्तीमा भनिएको छ।
साथै निष्काशित भएकाहरूलाई नेपाली कांग्रेसको झण्डा, लोगो र ब्यानर प्रयोग नगर्न समेत सचेत गराएको छ।
यस्तो छ, बिज्ञप्ती
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |