बारा, २१ वैशाख ।
बाराको निजगढ नगरपालिकामा हावाहुरीबाट करिव पाँच करोड रुपैयाँ बराबरको केरा खेती नष्ट भएको छ । पानीसँगै आएको हावाहुरीले ढालेर पाँच करोड रुपैयाँ बराबरको केरा खेतीमा क्षति गरेको हो ।
पानीसँगै आएको हुरीले केराको बोट ढालेर पाँच करोडभन्दा बढी रुपैयाँ बराबरको केरा खेती नष्ट भएको निजगढ नगरपालिका–९ का कृषि प्राविधिक साधुराम खरेलले जानकारी दिए ।
उनका अनुसार निजगढमा करिब १२ सय बिघामा केरा खेती गरिएकोमा करिब १२० बिघामा लगाइएको केराको बोट ढलेर पूर्णरुपमा क्षति भएको छ । भर्खर पसाएको र पाक्ने बेला भएको केरा सबैभन्दा बढी ढालेको किसानहरूले बताएका छन । केरा पकेट क्षेत्रको रुपमा रहेको निजगढ नगरपालिकामा एक बिघा जमिनमा किसानले एक सिजनमा चारदेखि ६ लाखसम्म आम्दानी गर्दै आएका थिए ।
तर, बेच्ने बेला आएको हुरीले किसानको केरा खेतीमा क्षति गरेको र किसानहरू समस्यमा परेको निजगढ नगरपालिका–९ का केरा खेती किसान मानबहादुर श्रेष्ठले बताए ।
उखुबाट पीडित अधिकाशं किसानहरूले केरा लगाएको, तर केरा खेती पनि हावाहुरी र असिनाले नष्ट गरेपछि यहाँका किसानहरूलाई समस्या परेको अर्का किसान नानी सञ्जेलले बताए । उनले केरा खेतमा ठुलो क्षति भएकोले राज्यले किसानलाई क्षतिपुर्ती उपलब्ध गराउनु पर्ने माग गरेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |