काठमाडौं, १९ वैशाख।
नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ९९ पैसा र बिक्री दर १२२ रुपैयाँ ५९ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ छ पैसा र बिक्री दर १२९ रुपैयाँ २३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ ३८ पैसा र बिक्री दर १५४ रुपैयाँ १३ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२५ रुपैयाँ तीन पैसा र बिक्री दर १२५ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ १७ पैसा र बिक्री दर ८६ रुपैयाँ छ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ३४ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली नौ रुपैयाँ चार पैसा र बिक्री दर नौ रुपैयाँ ४४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४६ पैसा र बिक्री दर १८ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिद दर ३२ रुपैयाँ ५२ पैसा र बिक्री दर ३२ रुपैयाँ ६८ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४२ पैसा र बिक्री दर ३३ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ दुई पैसा छ भने बिक्री दर २८ रुपैयाँ १६ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ६५ पैसा र बिक्री दर नौ रुपैयाँ सात पैसा कायम भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |