एजेन्सी
किभ, १९ वैशाख ।
युक्रेनको पूर्वी बन्दरगाह शहर मारिओपोलबाट दर्जनौं नागरिकलाई उद्दार गरिएको छ । मारिओपोलस्थित एउटा उद्योग परिसरमा फसेकामध्ये केहीको उद्दार भएको हो । रुसले आफ्नो नियन्त्रणमा रहेको गाउँमा दर्जनौं सर्वसाधारण पुगेको बताएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एउटा ठूलो समूह युक्रेनको नियन्त्रणमा रहेको जापोरिज्जियातर्फ लागेको बताएका छन् । करिव एक सय जनाको पहिलो समूह नियन्त्रित क्षेत्रतर्फ प्रस्थान गरिसकेको छ’, उनले ट्विट गरेका छन् ।
उनले अगाडि भनेका छन्, ‘भोलि सोमबा हामी उनीहरूलाई जापोरिज्जियामा भेट्नेछौँ । हाम्रो टोलीलाई धन्यवाद ! अब तिनीहरू राष्ट्रसँग मिलेर कारखानाबाट अन्य नागरिकहरूलाई बाहिर निकाल्ने काममा छन् । ’
राष्ट्रसंघले शनिबार नागरिकहरूलाई बाहिर निकाल्न ‘सेफ प्यासेज अपरेसन’ सुरु भएको पुष्टि गरेको छ । सो कार्यमा रेडक्रसको पनि संलग्न थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |