एजेन्सी
लन्डन, १८ वैशाख
बेलायतमा संसद्मा अश्लील सामग्री हेरेको आरोपपछि प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरभेटिभ पार्टीका सांसद निल पेरिशले अन्ततः पदबाट राजीनामा दिएका छन् । ६५ वर्षीय पेरिशले ‘पागलपनको क्षण’का लागि माफीसमेत मागेका छन् । आफूले संसद्मा दुई पटक अश्लील सामाग्री हेरेको उनले स्वीकारेका छन् ।
यसअघि उनले घटनाप्रति स्वीकार गर्ने संकेत गरेका थिए । आफ्नो फोनमा भूलबश भिडियो खुलेको हुन सक्ने उनको भनाई थियो । सदनमा पोर्नोग्राफी हेरेको आरोप दुई महिला सहकर्मीले सांसदमाथि आरोप लगाएका थिए ।
उनीहरूले आफ्नो नजिकै बसेर पेरिशले वयस्क सामग्री हेरिरहेको गुनासो गरेका थिए । यस विषयमा अनुसन्धान सुरु गरिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |