एजेन्सी
सांघाई, १७ वैशाख ।
चिनियाँ सहर सांघाईका हजारौं वृद्धवृद्धाहरू पाँच हप्तादेखि जारी तालाबन्दीले नराम्ररी प्रभावित भएका छन् । मार्चको सुरुमा महामारी फैलिएपछि ५ लाखभन्दा बढीमा कोभिड पोजेटिभ दखिएको छ । उनीहरुमध्ये झन्डै १० हजार जना ८० वर्षभन्दा माथिका बृद्धबृद्धा छन् ।
संक्रमित वा नजिकको सम्पर्कमा भएका व्यक्तिहरु राज्यद्वारा सञ्चालित क्वारेन्टिन केन्द्रमा बस्नुपर्ने बाध्यता छ । त्यस्ता केन्द्रहरूमा सयौँ मानिसहरू एकै ठाउँमा राखिने गरिएको छ ।
सामाजिक सञ्जालमा सेयर गरिएका तस्बीरमा अव्यवस्थित अवस्थाहरू देख्न सकिन्छ । आफ्नी ९० वर्षीया हजुरआमा बसेको एउटा क्वारेन्टिन केन्द्रमा अस्वच्छ रहेको सांघाइकी एक युवतीले बीबीसीलाई बताइन् । हजुरआमा राम्ररी सुत्न नसकेको त्यहाँ राम्रोसँग स्याहार नगरिएको उनको गुनासो छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |