धादिङ १५ बैशाख
धादिङको थाक्रे गाउँपालिकामा टिकट वितरणको विषयलाई लिएर एमालेभित्र तिव्र विवाद भएको छ । नेकपा एमालेको गाउँ कमिटी अध्यक्ष कृष्ण प्रसाद पन्तले आज साँझ एक कार्यक्रमकाबिच नेकपा एमालेको सम्पुर्ण जिम्मेवारीबाट राजिनामा दिएको घोषणा गर्नुभएको छ ।
यसैगरी नेकपा एमालेका नेता तथा सामाजिक अभियान्ता गोकर्ण रुपाखेतीले पनि पार्टिको सम्पुर्ण जिम्मेवारीबाट राजिनामा दिनुभएको छ । नेकपा एमालेको जिम्मेवारीबाट राजिनमा दिएर रुपाखेतीले थाक्रेको विकास र समृद्धीको लागि स्वतन्त्र उम्मेद्वारी दिने समेत घोषणा गर्नुभएको छ ।
उम्मेद्वारी मनोनयनमा कृष्ण पन्तले प्रक्रियागत रुपमा उम्मेद्वारी दिएपनि केन्द्रको ठाडो निर्देशनमा निर्वातमान अध्यक्ष रामकुमार आर्चायलाई नै आधिकारीक उम्मेदवार भएको जनाएसँगै कृष्ण पन्त र गोकर्ण रुपाखेतीले एमाले पार्टिबाट राजिनामा दिनुभएको हो ।
महादेववेशीमा आज साँझ एक कार्यक्रमका बिच पन्त र रुपाखेतीले एमाले पार्टिको सम्पुर्ण जिम्मेवारीबाट राजिनामा दिनुभएको घोषणा गर्नुभएको हो। निर्वतमान अध्यक्ष रामकुमार आर्चाय र उपाध्यक्ष अम्बिका रुपाखेतीको दम्भ,घमण्ड र थिचोमिचोका कारण आफुहरुले विद्रोह गर्नुभएको बताउनु भएको थियो।
पालिका भित्र अरुलाई दास बनाउने र जनजीविकाको मुद्धालाई वास्ता नगर्ने परिपार्टीको विकास भएको कारण आगामी निर्वाचनमा अध्यक्षमा रामकृुमार आर्चाय र उपाध्यक्षमा अम्बिका रुपाखेतीलाई हराउने अभियान सन्चालन गर्ने पन्तले कार्यक्रमबाटै घोषणा गर्नुभएको छ ।
यस्तो छ संयुक्त विज्ञप्ति
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |