एजेन्सी
न्युयोर्क, १३ वैशाख ।
भारतमा धार्मिक स्वतन्त्रताको अवस्था गत वर्ष ‘निकै बिग्रिएको’ अमेरिकाको एउटा प्यानलले निस्कर्ष निकालेको छ । अमेरिकी अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्र आयोग (यूएससीआइआरएफ) ले यस्तो निस्कर्ष निकालेको हो ।
कथित दुव्र्यव्यवहारलाई लिएर प्यानलले देशविरुद्ध लक्षित प्रतिबन्धहरू लगाउन पनि प्यानलले आह्वान गरेको छ । प्यानलले लगातार तेस्रो वर्ष भारतलाई ‘निश्चित चासोको देशहरू’ को अमेरिकी सूचीमा राख्न अनुरोध गरेको छ ।
भारत ‘धार्मिक स्वतन्त्रताको गम्भीर उल्लंघनमा संलग्न भएको’ प्यानलले आरोप लगाएको छ ।
‘वर्षभर भारत सरकारले हिन्दू–राष्ट्रवादी एजेन्डालाई बढावा दिने नीतिहरूको प्रवद्र्धन ग¥यो, जसले मुस्लिम, इसाई, सिख, दलित र अन्य धार्मिक अल्पसंख्यकहरूलाई नकारात्मक असर ग¥यो’, प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनमा अगाडि भनिएको छ, ‘सरकारले देशका धार्मिक अल्पसंख्यकहरूलाई प्रतिकूल हुने गरी विद्यमान र नयाँ कानुन र संरचनात्मक परिवर्तनहरू प्रयोग गरी राष्ट्रिय र राज्य दुवै तहमा हिन्दू राज्यको आफ्नो वैचारिक दृष्टिकोणलाई व्यवस्थित गर्यो ।’
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |