काठमाडौं, १२ वैशाख ।
रुस र युक्रेनबीच युद्ध सुरु भएपछिको दुई महिनामा युक्रेनबाट नेपालले करिव ५ अर्ब रुपैयाँको विभिन्न वस्तु आयात गरेको छ ।
गएको फागुन र चैत महिनामा युक्रेनबाट उक्त मूल्य बराबरको वस्तु नेपाल आएको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार फागुन र चैत दुई महिनामा युक्रेनबाट नेपालमा ४ अर्ब ८३ करोड २१ लाख ९२ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ ।
रुस र युक्रेनबीच २०२२ फेब्रुअरी २४ बाट युद्ध सुरु भएको थियो जुन हालसम्म चलिरहेको छ । युद्धका कारण युक्रेनबाट नेपालले आयात गर्ने वस्तुहरु रोकिने अनुमान गरिएको थियो । तर हालसम्म युक्रेनबाट निरन्तर वस्तुहरु नेपाल भित्रिरहेको छ ।
युद्ध सुरु भएपछिको दुई महिनामा ३ अर्ब ९२ करोड ४१ लाख ८१ हजार रुपैयाँको कच्चा भटमास तथा सूर्यमुखी तेल युक्रेनबाट नेपाल भित्रिएको छ ।
विभागका अनुसार चैतमा ९४ करोड १८ लाख ६२ लाख रुपैयाँ र फागुनमा २ अर्ब ९८ करोड २३ लाख १९ हजार रुपैयाँको कच्चा भटमास तथा सूर्यमुखी तेल नेपालले आयात गरेको छ ।
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिना (साउनदेखि चैतसम्म)को अवधिमा युक्रेनबाट नेपालले १९ अर्ब २५ करोड ५५ लाख ५३ हजार रुपैयाँको वस्तु आयात गरेको छ । सो अवधिमा नेपालबाट युक्रेनमा भने मात्र १९ लाख २९ हजार रुपैयाँको वस्तु निर्यात भएको विभागको तथ्याङ्कले देखाउँछ ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनामा युक्रेनसँग नेपालको व्यापार घाटा १९ अर्ब २५ करोड ३६ लाख २४ हजार रुपैयाँ रहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |