एजेन्सी
युक्रेनले रुससँग वार्ताका लागि प्रस्ताव पठाएको छ । मारियुपोल शहरमा रुसी आक्रमण तीव्र भएका बेला युक्रेनले मध्यस्थकर्तामार्फत वार्ताको प्रस्ताव पठाएको बीबीसीले जनाएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सर्वसाधारणलाई शहरबाट बाहिर निकाल्ने उद्देश्यले वार्ताको प्रस्ताव पठाएको खबरमा उल्लेख छ । रुससँग निःशर्त विशेष चरणको वार्ता गर्न आफूहरु तयार रहेको युक्रेनी प्रस्तावमा अहिलेसम्म रुसले कुनै प्रतिक्रिया जनाएको छैन । युक्रेनी वार्ताकार मिखाइलो पोदोलियाकले आफ्ना सैनिक, सर्वसाधारण, बालबालिका र घाइतेलगायतलाई बचाउन वार्ताको प्रस्ताव गरेको ट्वीट गर्नुभएको छ ।
रुसले मारियुपोल नियन्त्रण गरे त्यो उसको कब्जामा पुग्ने सबैभन्दा ठूलो युक्रेनी शहर हुनेछ । मारियुपोल मस्कोका लागि विभिन्न कारणले महत्त्वपूर्ण मानिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |