एजेन्सी
नयाँ दिल्ली, ५ वैशाख।
भारतमा कोभिड संक्रमित फेरि बढेका छन् । दैनिक संक्रमितको संख्यामा निरन्तर गिरावट आएको भारतमा पछिल्लाे एक सातामा संक्रमण दर बढ्को हो । पछिल्लो २४ घन्टामा २ हजार १ सय ८३ जना नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनमा ८९दशमलब ८ प्रतिशतले बढी हो । आईतबार १ हजार १ सय ५० जनामा संक्रमण देखिएको थियो ।
पछिल्लो २४ घन्टामा कोभिडका कारण २१४ जनाको मृत्यु भएको छ । दैनिक संक्रमण दर शून्य दशमलब ३१ बाट बढेर शून्य दशमलब ३ प्रतिशत पुगेको छ । सक्रिय संक्रमितको संख्यामा भने थोरै मात्र गिरावट आएको छ । सक्रिय संक्रमितको संख्या ११ हजार ५५८ बाट घटेर ११ हजार ५४२ पुगेको छ ।
दिल्ली र छेउछाउका शहर गाजियाबाद र नोयडाका धेरै विद्यार्थीहरूले पछिल्ला केही सातामा कोभिड पोजेटिभ देखिएको छ । विद्यार्थीमा कोभिड देखिएपछि केही विद्यालय बन्द गरिएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |