काठमाडौं, ४ बैशाख।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकाे लागि लोगो, मस्कट, गीत रचना र नारा पेश गर्न राष्टिय खेलकुद परिषद् (राखेप)ले आह्वान गरेकाे छ । राखेपले ११ बैशाखसम्म प्रस्ताव पेश गर्न आह्वान गरेको हो । आगामी २२ देखि २८ जेठसम्म गण्डकी प्रदेशमा प्रतियाेगिता हुँदैछ ।
गत साता बसेको मन्त्रिपरिषद्को निर्णयले प्रतियोगिता जेठ तेस्रो साता गर्ने निर्णय गरेको हो ।
लोगोमा गण्डकी प्रदेशको समग्र प्रतिबिम्ब, नवौँ राष्ट्रिय खेलकुद र शक्तिको प्रतिक भएको हुनुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, मस्कटका लागि गण्डकी प्रदेशको प्रख्यात जनावर, गीत रचनाका लागि बढीमा चार मिनेट हुनुपर्ने ,राष्ट्रिय भावनाले ओतप्रोत भएको, खेल, खेलाडीको भावना समेटिएको हुनु पर्ने छ ।
छनोट भएका लोगोलाई ५० हजार रुपैयाँ, मस्कटलाई २५ हजार रुपैयाँ, गीत रचनालाई २० हजार रुपैयाँ र नारालाई १० हजार रुपैयाँ प्रदान गरिने उल्लेख छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |