काठमाडौं, २ बैशाख ।
अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेको प्रशिक्षक संघको अध्यक्षमा पूर्वखेलाडी तथा प्रशिक्षक राजेन्द्र तामाङ निर्विरोध निर्वाचित भएका छन । शनिबार चितवनको सौराहामा भएको अधिवेशनबाट मनाङ मर्स्याङ्दीका प्रशिक्षकसमेत रहेका तामाङ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन ।
आसन्न एन्फाको केन्द्रिय निर्वाचनका लागि प्रशिक्षक संघले अधिवेशनबाट प्रतिनिधि छनोट गर्न निर्वाचन गरेको थियो । संघले एक मताधिकार पाउनेछ । प्रशिक्षक संघमा तामाङ र चेत नारायण श्रेष्ठले दाबी गरेपनि पछि श्रेष्ठले दाबी छाेडेका थिए ।
पहिलो पटक अध्यक्ष भएका तामाङले अन्य प्रशिक्षक र अघिल्ला कार्यक्रम हेरेर अगाडि बढ्ने न्युज कारखानालाई बताएका छन् । ६ असारमा हुने एन्फाको केन्द्रिय निर्वाचनमा ४८ वटामध्ये ४५ वटा जिल्ला संघ मताधिकार प्राप्त छन् ।
१४ वटा ए डिभिजन क्लब, १४ मध्ये ११ बी डिभिजन क्लब र १४ मध्ये ९ वटा सी डिभिजन लिगका क्लब रहेका छन् । यस्तै खेलाडी संघ, प्रशिक्षक संघ, महिला र रेफ्री संघ र राष्ट्रिय लिगका लागि छनोट भएर दुई वर्षदेखि खेल्न नपाइरहेका मोफसलका चार क्लबले भोट हाल्न पाउनेछन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |