कोलम्बो, ३ वैशाख
आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले सवारी चालकहरूको लागि इन्धन आपूर्ति सीमित गरेको छ । सरकारको स्वामित्वमा रहेको सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी)ले दुई पांग्रे सवारी साधन भएका व्यक्तिहरूलाई एक पटकमा बढीमा १ हजार श्रीलंकाली रुपैयाँ बराबरको पेट्रोल दिने भएको छ ।
जबकि तीन पांग्रे सवारी साधनले १५ सय श्रीलंकाली रुपैयाँ मूल्यको इन्धन (पेट्रोल वा डिजेल) र कार, भ्यान र जिपले ५ हजार रुपैयासम्मको पाउन सक्नेछन् । तर, बस, लरी र अन्य व्यावसायिक सवारी साधनमा भने यो सीमा लागू हुनेछैन ।
यसैबीच, सिलोनका धेरै पेट्रोल स्टेसनबाहिर इन्धन भर्नेहरुको लामो लाइन लागेको छ । धेरैले पेट्रोल लिन घण्टौँ कुरेर पनि खाली हात फर्किन बाध्य भएको गुनासो गरेका छन् ।-एजेन्सी
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |