काठमाडौं, २ वैशाख।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बाब्वे ‘ए’ सँग समान तीन खेलको एकदिवसीय र टी-२० शृंखला खेल्ने भएको छ ।
घरेलु मैदान टियु क्रिकेट रंगशालामा हुने शृंखला ३० अप्रिलदेखि ९ मेसम्म चल्नेछ ।
नेपालले जिम्बाब्वे ‘ए’ सँग सुरुमा एकदिवसीय शृंखला खेल्नेछ । जुन ३० अप्रिलदेखि ४ मे सम्म चल्नेछ । खेल बिहान ९ बजेदेखि सुरु हुनेछ।
यस्तै, टी-२० शृंखला ६ देखि ९ मेसम्म हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
यसअघि नेपालले घरेलु मैदानमा पपुवा न्युगिनी (पिएनजी) सँग दुई खेलको एकदिवसीय र पिएनजीसँगै मलेसियासम्मिलित त्रिदेशीय टी-२० शृंखला खेलेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |