लमजुङ, १ वैशाख
साढे दुई महिनादेखि खेर गएको लमजुङको ङादी खोलामा निर्माण सम्पन्न ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।
चिनियाँ लगानीमा निर्माण भएको माथिल्लो मर्स्याङदी ‘ए’ ले असहयोग गरेपछि आयोजनाको विद्युत् साढे दुई महिनादेखि खेर गएको थियो । हाल आयोजनाको बिजुली २२० केभी मर्स्याङदी करिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सवस्टेसनमा जोड्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भएको छ ।
सम्बन्धित मन्त्रालय र प्राधिकरणबाटै सोही लाइनमा जोड्न निर्देशन दिइसकेको र केही दिनभित्र बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने न्यादी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । ०७३ चैतबाट निर्माण सुरु गरिएको आयोजनाको बाँध नाइचेमाथि ङादी नदीमा बनाइएको छ । तीन हजार आठ सय ४० मिटर सुरुङबाट पानी ल्याएर ठूलीबेसीबाट ताराचोक जाने बाटो ङादी नदी तीरमा बनाइएको विद्युतगृहबाट विद्युत् उत्पादन गरिनेछ ।
आयोजना सम्पन्न गर्न आयोजनाको करिब ६ अर्ब ४ करोड २८ लाख रुपैयाँ खर्च भएको अनुमान छ । भुलभुले-मर्स्याङदी लाइनमा सिनो हाइड्रो सगरमाथाको ५० मेगावाट विद्युत् प्रवाह भइरहेको छ । बुटवल पावर कम्पनी (बिपिसी) को ९७.२२ प्रतिशत र लमजुङ विद्युत् विकास कम्पनी (लेड्को) को २.७८ प्रतिशत लगानीमा उक्त आयोजना निर्माण भएको हो ।
कोरोना संक्रमणका कारण लकडाउनका कारण आयोजनाको व्यावसायिक उत्पादन मिति सर्दै गएकोमा पछिल्लो समय जनवरी अन्तिमबाट उत्पादन थालिने तालिका थियो । आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरेको हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |