एजेन्सी
किभ, ३० चैत
युक्रेन युद्धमा अहिलेसम्म २० पत्रकार मारिएका छन् । २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलामा अहिलेसम्म २० पत्रकार मारिएका युक्रेनको राष्ट्रिय पत्रकार संघले जनाएको छ ।
मारिने पत्रकारको सूची संघले आफ्नो टेलिग्राम च्यानलमा प्रकाशित गरेको छ । सो मृत्यु युक्रेनको महाअभियोजकको कार्यलयले पुष्टि गरेको छ । मृत्यु हुनेमध्ये केही विदेशी सञ्चारकर्मी पनि छन् ।
युक्रेनको नागरिक समाज र विशेषगरी जिम्मेवार पत्रकारहरूको हितलाई समर्थन गर्ने स्वतन्त्र गैरसरकारी संस्था इन्स्टिच्युट अफ मास इन्फरमेसन (आईएमआई)का अनुसार रुसले युद्धको पहिलो महिनामा युक्रेनमा पत्रकार र सञ्चारमाध्यमविरुद्ध कम्तिमा १ सय ४८ अपराध गरेको थियो ।
रुसी सेनाले कम्तीमा १० ओटा टिभी टावरहरूलाई निशाना बनाएका छन् । टावरमा क्षति हुँदा युक्रेनको आठ क्षेत्रहरूमा टिभी र रेडियो प्रसारणमा पूर्ण वा अस्थायी रूपमा अवरोध आएको थियो ।
युद्धसम्बन्धी खतराका कारण देशभर ७० क्षेत्रीय मिडिया आउटलेटहरू बन्द छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |