धादिङ,३० चैत।
धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा अध्यावधिक योजना तर्जुमा प्रारम्भिक कार्याशाला सम्पन्न भएको छ।गाउँपालिकाको आयोजना मंगलबार स्थानीय सरकारको अवधि योजनाको तयारी बिषयमा प्रारम्भिक कार्याशाला सम्पन्न भएको हो।
कार्यशालामा गाउँपालिकाको बिद्यमान अबस्था, आर्थिक, पुर्वाधार, सामाजिक, महिला बिकास, बालबालिका, शुशासन लगायतका छेत्रमा के कस्ता कार्यक्रम सन्चालन गरेर उपलब्धि के के हासिल लिन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
साथै बिद्यमान अवस्थाको लेखाजोखा गरेर अध्यावधिक योजना निर्माण गर्न प्रारम्भिक कार्याशाला सहित चरण बद्ध रुपमा ८ चरणमा छलफल गर्ने गरि तयारी गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अध्यक्ष दुर्ग कुमार शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उर्मिला तामाङ, बिभिन्न वडाका वडाध्यक्षहरु, बिभिन्न शाखाका शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |