काठमाडौं, २९ चैत
राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएकी हुन् ।
राष्ट्रिय सुरक्षा परिषद्को १७ चैतको सिफारिस र २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्ट्रपति भण्डारीले सेना परिचालनका लागि स्वीकृति दिएकी हुन् ।
नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम उनले सेना परिचालनको लागि स्वीकृति दिएकी हुन् । ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्न सकिने उल्लेख गरिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |