काठमाडौं, २९ चैत
एएफसी फुटसल एसियन कप–२०२२ छनोटअन्तर्गत अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ८–१ अन्तरले पराजित भएको छ ।
मंगलबार कीर्गिस्तानको बिश्केकमा सान्त्वना जितको खोजीमा रहेको नेपाल अफगानिस्तानसँग ठूलो अन्तरले पराजित भएसँगै खेलिएको तीनै खेल विपक्षीलाई सुम्पिएको छ ।
लगातार दुई खेल हारेसँगै प्रतियागिताबाट बाहिरिएको नेपालले आज अन्तिम खेल खेलेको थियो । नेपाल ७–० ले पछि परेको स्थितिमा सुमित श्रेष्ठले एक सान्त्वना गोल गरेका थिए ।
यसअघि नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ अन्तरले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा ताजकिस्तानसँग ११–१ ले लज्जास्पद हार बेहोर्याे ।
यस समूहबाट उज्वेकिस्तान र ताजकिस्तान एसिया कपमा स्थान बनाउँदा अफगानिस्तान र नेपाल भने बाहिरिएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |