काठमाडौं, २९ चैत
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुनसुन्दर लावतीले स्थानीय तहको निर्वाचनमा मतदाताको छनोटमा परिवर्तन आउने बताएका छन् । जनताले यसपटक फरक दल र फरक प्रतिनिधिलाई चुन्ने उनको दाबी छ ।
‘नेपाली जनता विकल्प चाहन्छन् । त्यसकारण जनताले विगतभन्दा फरक रूपमा मतदान गर्नेछन् । जनताले फरक पार्टी र फरक उम्मेदवारलाई मत दिनेछन्, जनताको प्राथमिकता र चाहनामा परिवर्तन आउने छ,’ प्रवक्ता लावतीले ताप्लेजुङको पाथिभरा–याङ्वरक गाउँपालिकामा मंगलबार आयोजित चुनावी कार्यक्रममा भने ।
उनले भारतको आवधिक निर्वाचनहरूमा कांग्रेस आईको घट्दो लोकप्रियता र भाजपाको उदय चित्रण गर्दै लावतीले आगामी निर्वाचनमा मतदाताको प्राथमिकता परिवर्तन हुने जिकीर गरे ।
‘सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा हुने गरेको अवस्था विद्यमान छ । यस्तो कहालीलाग्दो अवस्थालाई चिरेर राप्रपाले भ्रष्टाचारमुक्त प्रशासन कायम गर्नेछ’, लावतीले भने, ‘राप्रपाका कुनै पनि प्रतिनिधिले भ्रष्टाचार गर्ने छैनन्, गर्न दिने छैनौं । समाजको यो महारोग भ्रष्टाचारलाई पूर्ण नियन्त्रण गर्नेछ ।’
राप्रपाले जितेका स्थानमा १२ कक्षासम्म निःशुल्क शिक्षा उपलब्ध गराइने पनि बताए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |