काठमाडौं, २८ चैत
नेकपा (एकीकृत समाजवादी) ले सरकारले विभिन्न समयमा गरेका चर्चित ‘११ वटा कार्यक्रम’लाई पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री र मन्त्री हुँदा भएको दाबी गरेको छ ।
आइतबार पारित भएको स्थानीय तह निर्वाचन घोषणापत्र-२०७९ मा एकीकृत समाजवादीले २७ वर्षअघि सञ्चालन भएको ‘आफ्नो गाउँ, आफैं बनाउँ’ अभियानको तयारी अध्यक्ष नेपालले गरेको उल्लेख छ ।
देशको स्थानीय विकासको क्षेत्रमा आधारभूत परिवर्तन ‘आफ्नो गाउँ, आफैं बनाउँ’ अभियानका कारण आएको मानिन्छ । पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारमा उपप्रधानमन्त्री हुँदा नेपालले अभियानसहितको नीति तथा कार्यक्रमको मस्यौदाको तयारी गरेको घोषणापत्रमा भनिएको छ ।
अभियानकै कारण हाल स्थानीय तहमा बजेट गएको र विकासमा नयाँ आयाम थपिएको पनि दाबी एकीकृत समाजवादीको छ ।
समाजवाद उन्मुख अर्थतन्त्रको आधारशीला तयार गर्न ‘गाउँ गाउँमा सहकारी, घरघरमा रोजगारी’ कार्यक्रम नेपाल नेतृत्वको सरकारले सञ्चालन गरेको दाबी पनि घोषणापत्रमा उल्लेख छ ।
पुष्पलाल लोकमार्ग (मध्यपहाडी), काठमाडौं–निजगढ दु्रतमार्ग, देशलाई सुरुङ युगमा प्रवेश गराउने, स्थानीय तहमा महिला र उत्पीडित समुदायको उपस्थिति बढाएको र शान्ति स्थापनाका लागि आएको संयुक्त राष्ट्रसंघीय शान्ति मिसन ‘अनमिन’लाई बिदाइ गरेको गतिविधिलाई पनि एकीकृत समाजवादीले उपलब्धि भनेको छ ।
यस्तै, गणतन्त्र स्थापनाका लागि नेपालले नेतृत्वदायी भूमिका निर्वाह गरेको विषय पनि घोषणापत्रमा समावेश छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |