एजेन्सी
इस्लामावाद, २८ चैत
संसदमा अविश्वासको प्रस्तावमार्फत प्रधानमन्त्री इमरान खानलाई सत्ताच्युत गरेको र पाकिस्तान मुस्लिम लिग–एनका अध्यक्षको नेतृत्वमा नयाँ प्रधानमन्त्री नियुक्ती पक्रिया सुरु गरेको विरोधमा पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीले देशव्यापी विरोध गरेको गर्ने निर्णय गरेको छ ।
‘हामीले बुधवारदेखि पेशावरबाट राष्ट्रव्यापी अभियान सुरु गर्दैछौं’, पीटीआई नेता र पाकिस्तानका पूर्वसूचनामन्त्री फवाद चौधरीले भने । निर्वतमान प्रधानमन्त्री खानले बुधबार पेसावरमा जनसभालाई सम्बोधन गर्ने उनले जानाकारी दिए ।
अविश्वासको प्रस्ताव मार्फत इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाएको विरोधमा पीटीआईका समर्थकहरुले संयुक्त अरब इमिरेट्सको दुबईमा आइतबार विरोध प्रदर्शन गरेका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |