काठमाडौं, २८ चैत
पहिलो पटक स्थानीय तह निर्वाचनमा सहभागी हुन लागेको दल नेकपा एस (एकीकृत समाजवादी) पार्टीले पुष्पलाल श्रेष्ठले स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सच्चा उत्तराधिकारी भएको दाबी गरेको छ ।
शनिबार र आइतबार बसेको सचिवालय बैठकले पारित गरेको तर सार्वजनिक गर्न बाँकी रहेको ‘स्थानीय तह निर्वाचन घोषणापत्र–२०७९’ को पृष्ठभूमिमै एकीकृत समाजवादीले उक्त दाबी गरेको हो ।
त्यहाँ भनिएको छ, ‘हामी २००९ साल वैशाख ९ गते कमरेड पुष्पलालले गठन गर्नु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सच्चा उत्तराधिकारी हौँ ।’
एकीकृत समाजवादीले कम्युनिस्ट आन्दोलनको एकता अभियानका सच्चा अनुयायी र नेकपा (माले) र माक्र्सवादीबीच एकीकरण भएर बनेको नेकपा (एमाले)को उत्तराधिकारी भएको जिकिर पनि गरेको छ ।
जबकि, एमाले देशकै ठूलो कम्युनिस्ट पार्टीको रूपमा अस्तित्वमा छ । सोही पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि प्रवृत्तिगत आक्षेप लगाउँदै बाहिरिएका नेताहरूले गठन गरेको दल एकीकृत समाजवादी हो ।
यही दलले तयार गरेको घोषणापत्रमा ओलीले नेतृत्वको गरेको एमालेलाई नेकपा (माले) र माक्र्सवादीबीच एकीकरण भएर बनेको नेकपा (एमाले)को रूपमा अस्वीकार गरेको हो ।
घोषणापत्रमार्फत ओली नेतृत्वको एमालेमा गैरकम्युनिस्ट विचार, आचरण र कार्यशैली रहेको विश्लेषण पनि एकीकृत समाजवादीको छ । अध्यक्ष ओलीको दक्षिणपन्थी अवसरवाद र षड्यन्त्रकारी कार्यशैलीका कारण विद्रोह गरेर पुष्पलालले स्थापना गरेको नेकपाको सच्चा उत्तराधिकारीको हैसियतमा स्थानीय निर्वाचनमा जनतामाझ आएको उल्लेख गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |