धादिङ,२७ चैत।
नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकहरूका सिमकार्ड तथा रिमकार्डहरू खरिद बिक्री गर्दा ग्राहकको वास्तविक विवरणका आधारमा मात्रै गर्न निर्देशन दिएको छ ।
प्राधिकरणले सुचना मोवाइल सेवा प्रदायकका सिमकार्ड÷रिमकार्डहरू बिक्री गर्दा ग्राहकले भर्नुपर्ने फारम (केवाइसी) रितपूर्वक नभरी र नियमानुसार कागजातहरु रुजु नगरी सेवा प्रदायकहरूबाट बिक्री वितरण भइरहेको पाइएको भन्दै नियमानुसार मात्रै गर्न निर्देशन दिएको हो ।
मोबाइल सेवा प्रदायकहरूले प्राधिकरणले दिएको निर्देशन र नियमानुसार सिमकार्ड रिमकार्ड खरिद बिक्री नभएमा कानुनअनुसार कारबाही गरिने प्राधिकरणका निर्देशक एवम् सहप्रवक्ता अच्युत नन्दा मिश्रले बताउनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |