एजेन्सी
सिडनी, २७ चैत
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले मे २१ मा संघीय निर्वाचन आह्वान गरेका छन् । राजधानी क्यानबेरमा गभर्नर जनरलसँग छलफल गरेपछि प्रधानमन्त्री मोरिसनले चुनावको मिति तोकेका हुन् । मोरिसनको सत्तारूढ गठबन्धनको हाउस अफ रिप्रिजेन्टेटिभमा ७६ सिट छ । सरकार गठनका लागि यो न्युनतम संख्या हो ।
निर्वाचनपछि सरकार परिवर्तन हुने प्रारम्भिक मत सर्वेक्षणहरूले देखाएका छन् । एन्थोनी अल्बानिजले नेतृत्व गरेको विपक्षी लेबर पार्टीे सत्तामा पुग्ने निर्वाचन सर्वेक्षणहरूले देखाएका छन् । चुनावी सर्वेक्षणहरूले सधै वास्तविकता देखाउँदैनन् ।
यसअघि भएका चुनावी सर्वेक्षणहरूले प्रधानमन्त्री मोरिसन पराजित हुने देखाएका थिए । ‘यो बलियो भविष्य र अनिश्चित बीचको छनोट हो । यो तपाईंले चिनेको सरकार र तपाईंले नजानेको लेबर विपक्षी बीचको छनौट हो’, प्रधानमन्त्रीले आइतबार भने ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |