काठमाडौं, २७ चैत
जात्रा सिरिजमार्फत आफ्नो निर्देशकीय क्षमतालाई प्रस्ट्याइसकेका निर्देशक प्रदीप भट्टराई नयाँ फिल्म ‘महापुरुष’ को तयारीमा जुटेका छन् । वैशाखबाट फिल्मको छायांकन गर्ने तयारीमा रहेका भट्टराईले स्क्रिप्टको काम लगभग सकिएको बताए ।
जात्रामार्फत निर्देशनमा डेब्यु गरेका भट्टराईले त्यसपछि निर्देशन गरेका शत्रु गते र जात्रैजात्रालाई पनि दर्शकले रुचाइसकेका छन् ।
‘डेब्यु फिल्ममार्फत नै पाइरहेको सफलताले ममाथि जिम्मेवारी थपिएको छ । सफलता त व्यावसायिकता भयो नै मैंले दर्शकमाझ बनाएको विश्वासलाई गुमाउनु छैन । बढाउनुपर्ने छ,’ निर्देशक भट्टराईले भने । उनले यसपटक जात्रा सिरिजभन्दा बाहिरको ‘महापुरुष’ टाइटलमा फिल्म गर्दैछन् ।
प्रदीपले निर्देशन गर्ने फिल्मलाई रवीन्द्रसिंह बानियाँ र दीपेश खत्रीको षट्कोण आर्ट्सले निर्माण गर्ने भएको हो । महजोडी अर्थात् वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका फिल्ममा रवीन्द्रसिंह बानियाँ, कविता सुवेदी र प्रशान्त श्रेष्ठको समेत अभिनय हुनेछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |