काठमाडौं, २७ चैत
पाँच दलीय गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्ने भएको समिति सदस्य तथा नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।
बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण हुने भएको छ । निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे पनि छलफल हुने भएको भुसालले बताए ।
प्रतिवेदन आउन ढिलाइ हुँदा समितिले काम गर्न पाएको छैन । यसअघि समितिको बैठक २३ चैतमा बसेको थियो । जिल्ला र स्थानीय तहमा भएको दलगत स्थितिबारेको प्रतिवेदन समितिले शनिबारसम्म मागेको थियो ।
२२ चैतमा बसेको गठबन्धन दलहरूका शीर्ष नेताहरूको बैठकले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन भएको समितिमा गठबन्धनका अन्य दलका नेताहरू पनि सम्मिलित छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |