एजेन्सी
किभ, २६ चैत
रुसी सेनाले पूर्वी युक्रेनमा गोलाबारी तीब्र पारेसँगै युक्रेन सरकारले सर्वसाधारणलाई लुहान्स्कबाट सुरक्षित क्षेत्रमा जान अनुरोध गरेको छ । सो क्षेत्रमा ठूलो संख्यामा रुसी फौज परिचालन भएका छन् । सो क्षेत्रका सहर र गाउँमा अझै ३० प्रतिशत वासिन्दा रहेको रायटर्स समाचार संस्थाले जनाएको छ ।
रुसले पूर्वीयुक्रेनको दोनबासमा आफ्नो हमला तीव्र पारेको विवरण सार्वजनिक भइरहेका बेला सरकारले त्यहाँ खाली गर्न सर्वसाधारणलाई अनुरोध गरेको हो । यसैबीच, रुसले युक्रेनमा आफ्नो सैन्य नेतृत्वलाई पुनर्गठन गरेको छ । जनरल अलेक्जेन्डर दिभोरनिकोभलाई सम्पूर्ण जिम्मेवारी दिइएको छ ।
जनरल अलेक्जेन्डरमा सिरियामा भएका रुसी कारबाहीमा राम्रो अनुभव भएको पश्चिमा अधिकारीहरुले बताएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |