काठमाडौं, २६ चैत
नेकपा एमालेका महासचिव शंकर पोखरेलले गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विषयलाई पूर्व प्रधानसेनापति रुक्माङगत कटुवाल प्रकरणसँग जोडेका छन् ।
तत्कालिन प्रधानसेनापति कटुवाललाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले निलम्बन गर्न खोजेपछि सरकारवाट बाहिरिनु परेको घटनालाई स्मरण गराउँदै महासचिव पोखरेलले सो टिप्पणी गरेका हुन् ।
‘कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भुल हो यो गभर्नरको निलम्वन,’ पोखरेलका छोटो प्रतिक्रिया छ, ‘अर्थिक संकटको कारक अर्थमन्त्री र मुकदर्शक बनेका प्रम आफै हुन् ।’ गर्भनर अधिकारीलाई बिहीबारको मन्त्रीपरिषद् बैठकले नै निलम्बन गरे पनि सरकारले सनिवारमात्रै सार्वजनिक गरेको हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |