काठमाडौं, २६ चैत
आगामी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागु गरिसकेको भएपछि सर्वोच्च अदालतले भने अझै निर्णय दिन सकेको छैन ।
भंगाहा, महोत्तरीका मेयर मेयर सन्जिवकुमार सिंहले स्थाथनीय तहका प्रतिनिधिले पाँच बर्षसम्म कार्यकाल बिताउन पाउनु पर्ने भन्दै दायर रिटमा अदालतले अझै फैसाला दिएको छैन ।
उनले पुरै पाँच बर्ष कार्यकाल बिताउन नपाएको भन्दै दिएको रिटको पेशी २ बैशाखमा तोकिएको छ । सो रिटमा अन्तरिम आदेश नदिए पछि २ वैशाखमा निर्वाचन आयोगलगायत दुवै पक्षलाई सर्वोच्च अदालतमा हाजिर हुन बोलाएको छ ।
जुन रिटका कारण स्थानीय तहको निर्वाचन ३० बैैशाखमा नहुने हो कि भन्ने आशंका ब्याप्त रहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |