काठमाडौं, २६ चैत।
नेपाली कांग्रेसले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा कांग्रेसको पक्षमा प्रचार–प्रसार अभियान व्यापक पार्न प्रवास समन्वय प्रचार प्रसार समिति गठन गरेको छ ।
स्थानीय तह निर्वाचन प्रचार प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतको सभापतित्वमा २२ चैतमा बसेको समितिको बैठकले प्रवासमा रहेका नेपालीमार्फत प्रचार प्रसार गर्न ८४ सदस्यीय उपसमिति र उपसमिति अन्तर्गत १३ सदस्यीय प्रवास मिडिया समन्वय सञ्जाल गठन गरेको हो ।
कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति गोरख (आनन्द) विष्टको संयोजकत्वमा प्रवास समन्वय प्रचार–प्रसार उपसमिति गठन गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |