धादिङ,२६ चैत।
नेकपा एमाले सिद्धलेक गाउँपालिकाले पालिकाको अध्यक्ष र उपाध्यक्षमा सर्वसम्मत उम्मेदवार चयन गरेको छ ।
शुक्रबार बुङचुङमा सम्पन्न एमाले सिद्धलेकको बैठकले गाउँपालिकाको अध्यक्षमा पुनः प्रेमनाथ सिलवाल र उपाध्यक्षमा कमला शर्मालाई नै उठाउने निर्णय गरिएको एमाले सिद्धलेकका उपाध्यक्ष कमल सिलवालले जानकारी दिनुभयो।
हाल गाउपालिका अध्यक्ष रहनुभएका सिलवाल एमाले धादिङका जिल्ला कमिटी सदस्य हनुहुन्छ भने हाल पालिका उपाध्यक्ष रहनुभएकी शर्मा एमाले सिद्धलेक गाउपालिका कमिटीको अध्यक्ष हुनुहन्छ।
यसैगरी गाउँपालिकाको ७ वडामध्ये ३ वडामा सर्वसम्मत उम्मेदवार चयन गरेको छ । जसमा वडा ४ को अध्यक्षमा झंक बहादुर मगर, वडा नम्बर ५ को अध्यक्षमा गोपाल बहादुर गुरुङ र वडा नम्बर ६ को अध्यक्षमा सुरेन्द्र मगरलाई उठाउने निर्णय गरेको छ।अन्य ४ वटा वडामा छलफल भईरहेको सिलवालले जानकारी दिनुभयो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |