काठमाडौं, २५ चैत
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देशको अवस्थाले कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले राजसंस्था ठिक रहेको भन्न थालेको बताएका छन् ।
काठमाडौंको खुलामञ्चमा शुक्रबार पार्टीको आयोजित आमसभालाई सम्बोधन गर्दै उनले २०४६ साल देशको नेतृत्व लिएका कांग्रेस, एमाले र माओवादीले मुलुकलाई असफल बनाउन लागेको आरोप लगाएका हुन् ।
देशलाई असफल बनाउन लागेको देखेका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले देशमा त राजतन्त्र नै चाहिने रहेछ भनेर भन्न थालेको उनले बताए । उक्त तीन दललाई फेरि पनि निर्वाचित गराएमा देश श्रीलंका, युक्रेनजस्तो हुने भन्दै उनले राप्रपालाई निर्वाचित गराउन आग्रह गरे।
‘कांग्रेस, एमाले , माओवादीलाई अब कति समय दिए, देश बनाउलान् ? अहँ अब बनाउँदैनन् । ३२ वर्षमा देशलाई असफल बनाउन लागे,’ अध्यक्ष लिङ्देनले भने, ‘अब यिनीहरुले देश बनाउँदैनन् । राप्रपालाई मत दिएर उनीहरुका बाकस (मतपेटिका) खाली गरिदिनुहोस् ।’
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |