पोखरा, २४ चैत
विश्व बैंकअन्तर्गत अन्तर्राष्ट्रिय वित्त निगमको एक टोलीले गण्डकीका अर्थमन्त्री रामजी बरालसँग भेट गरेको छ । निगमका म्यानेजर सेल्मा, आईएफसी नेपाल प्रमुख बाबाकार, अप्रेसन अफिसर असिम नेपाल, कन्ट्री अफिसर सन्तोष पाण्डे र अप्रेसन अफिसर रेहाना रब्बानीको टोलीले गण्डकीमा लगानी भित्र्याउने विषयमा छलफल गरेका हुन् ।
उनीहरूले प्रदेशको प्राथमिकता पर्यटन भएकोले यही क्षेत्रमा निगमले लगानीका लागि आह्वान गर्ने र विभिन्न कार्यक्रम सन्चालन गर्ने बताए । ‘हामीले लगानीको अवसर खोजेका छौं । गण्डकीको ऊर्जा र पर्यटनमा लगानी धेरै आउन सक्छ,’ सेल्माले भनिन्, ‘अहिले यहाँको पर्यटन जोखिममा परेको छ । यसलाई पुनरुत्थानका लागि निगमले केही गर्ने कि भन्ने सोचेको छ । तर, सरकारको सुझाव आवश्यक पर्छ ।’
सरकारकै प्राथमिकतामा आफुहरू योजना बनाउने सेल्माले बताइन् । अहिलेको अवस्थामा नेपाललाई अन्तर्राष्ट्रिय लगानी अति आवश्यक रहेको भन्दै त्यसअनुकुल व्यवस्था गर्न उनको सुझाव छ । अर्थमन्त्री रामजी बरालले सरकार निजी क्षेत्रसँग साझेदारी गर्न तयार रहेको बताए ।
‘प्रदेश सरकार लगानीको वातावरण विकास गर्ने क्रममा नै रहेको छ । त्यसका लागि आवश्यक नीति र कार्यक्रम तयार गर्दै छौँ,’ उनले भने, ‘आधुनिक कृषि प्रणालीको विकासका लागि निजी क्षेत्रसँग साझेदारी गरेर जाने सोचेको छ । स्वास्थ्य र शिक्षाको सुविधा विस्तार, जलविद्युत् निर्माण र बजारीकरणमा सरकारले चासो दिएको छ ।’
उनले सरकारको व्यवसायिक प्रबर्द्धनमा आईएफसीको सहयोग पाउने विश्वास राखे । आउँदो वर्षको बजेट निर्माणमा यसलाई प्राथमिकताका साथ अघि बढाउने बरालको भनाइ छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |