धादिङ,२४ चैत।
भारतको मुम्बईमा ओमिक्रोन एक्सईको पहिलो सङ्क्रमित भेटिएको पुष्टि भएको हो । नयाँ भेरियन्ट एक्सई पहिलो पटक बेलायतमा देखिएको थियो । यो भेरियन्ट ओमिक्रोनभन्दा बढी सर्नसक्ने क्षमता रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ ।
ओमिक्रोन बीए–टू प्रजातिभन्दा नयाँ भेरियन्ट एक्सई १० प्रतिशत बढी सर्नसक्ने डब्ल्यूएचओको भनाइ छ । ओमिक्रोन एक्सई भेरियन्ट पुष्टि भएका भारतीय नागरिकको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सङ्क्रमित महिला रहेको र उनी फेब्रुअरी १० मा दक्षिण अफ्रिकाबाट मुम्बई आइपुगेको स्वास्थ्य अधिकारीलाई उदृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।– एजेन्सी
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |