काठमाडौं, २२ फागुन
प्रमुख प्रतिपक्षी दल एमालेले निर्वाचन आचारसंहितामा हस्ताक्षर गर्ने वातावरण नै नपाएको बताएको छ । ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनको आचारसंहिताप्रति प्रतिबद्धता जनाउने विषयमा मंगलबार निर्वाचन आयोगले दलहरूलाई डाकेको थियो ।
तर, त्यहाँ निर्वाचन आचारसंहिताको विषयलाई लिएर होहल्ला भएपछि हस्ताक्षर गर्ने वातावरण नभएपछि एमालेका प्रतिनिधि आयोग कार्यालयबाट बाहिरिएका थिए । ‘होहल्ला भएपछि हस्ताक्षर गर्ने वातावरण नै भएन । त्यसपछि हामी हस्ताक्षर नगरी बाहिरियौँ,’ एमाले कानुन विभाग प्रमुख रमेश बडालले न्युज कारखानासँग भने ।
आयोगले बोलाएको आचारसंहितासम्बन्धी छलफलमा सहभागी हुन बडाल र एमाले निर्वाचन विभाग उपप्रमुख निरज आचार्य आयोगको कार्यालय पुगेका थिए । तर, आचारसंहिताको विषयमा विवाद भएपछि हस्ताक्षर नगरी फर्किएको बडालले बताए ।
‘छलफलमा तनाव उत्पन्न भएको अवस्थामा कुनै कार्य गरिनु उचित नभएकाले एमालेले आज कुनै हस्ताक्षर गरेन,’ उनले भने, ‘शान्त र उचित वातावरण बनाउँदै छलफल गर्ने र सबै दलको विचार सुनुवाइ गरेर अगाडि बढ्न आयोगलाई आग्रह गर्छु ।’
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |