काठमाडौं, २२ चैत
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा नेपालले विभिन्न देशबाट तीन करोड रुपैयाँभन्दा बढीको कपडा सिलाउने सियो आयात गरेको छ ।
भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा उक्त मुल्यका सियो नेपाल भित्रिएको हो ।
पछिल्लो आठ महिनामा कूल ३ करोड २९ लाख ३४ हजार रुपैयाँको सियो नेपालले आयात गरेको भन्सारको तथ्याङ्कले देखाउँछ ।
सो मुल्यमा २ करोड ९९ लाख ५५ हजार ४१ थान र १२ हजार ४७३ केजी सियो नेपालले आयात गरेको छ ।
विभागका अनुसार क्यानडा, चीन, भारत, इटाली, जापान, केन्या, दक्षिण कोरिया, स्वीडेन, स्वट्जरल्याण्ड, टाइवान, अमेरिका र कतारबाट नेपालमा सियो भित्रिएका छन् ।
नेपालले सबैभन्दा बढी सियो भारत र चीनबाट आयात गर्ने गरेको छ । चालु आर्थिक वर्षको सुरुवाती आठ महिनामा चीनबाट २ करोड ४४ लाख ३५ हजार रुपैयाँ र भारतबाट ७९ लाख ३४ हजार रुपैयाँको सियो नेपालले आयात गरेको देखिन्छ ।
गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट २ करोड ५४ लाख ३ हजार रुपैयाँ बराबरको सियो आयात गरेको थियो । अघिल्लो आर्थिक वर्षमा आयात गरेकोभन्दा बढी मूल्यको सियो नेपालले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा आयात गरिसकेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |