कोलम्बो, २२ चैत
श्रीलंकाका विपक्षी पार्टीहरूले राष्ट्रपति गोटाबाय राजापाक्षेले सरकारमा सहभागी हुन गरेको प्रस्तावलाई अस्वीकार गरेका छन् । देशमा खाद्यान्न, इन्धन र औषधिलगायतका अत्यावश्यक बस्तुको अभाव भएको भन्दै विपक्षीले राष्ट्रपतिको राजीनामा मागेको छ ।
राष्ट्रपतिले पूर्ण मन्त्रिपरिषद् नियुक्त नभएसम्म संसदको वैधानिकता र स्थायित्व कायम राख्न चार मन्त्रीहरूको नाम तोकेका छन् ।
विदेशी मुद्रा संकट र भुक्तानी सन्तुलनको समस्याले उत्पन्न आर्थिक अवस्थालाई गलत ढंगले व्यवस्थापन गरिएको भन्दै सर्वसाधारणले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् । प्रदर्शन नियन्त्रण गर्न सरकारले कफ्र्यु घोषणा गरेको थियो ।
आर्थिक संकटको विरोधमा उत्रिएका सर्वसाधारण नागरिकले केही दिनअघि राष्ट्रपतिको निवासअगाडि प्रदर्शन गरेका थिए । -एजेन्सी
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |