धादिङ,२२ चैत।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ धादिङको अध्यक्षमा मनोज तामाङ चयन भएका छन् ।
सोमबार धादिङबेशीस्थित मदन आश्रित स्मृती भवनमा सम्पन्न आदिवासी जनजाति महासंघ धादिङको प्रथम जिल्ला सम्मेलनले धुनीबेसीका मनोज तामाङको अध्यक्ष्यता ५५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ।
कमिटिको उपाध्यक्षमा खनियाबासका आशिष तामाङ र रुविभ्यालीका हरिलाल तामाङ, सचिवमा गंगाजमुनाका रुकु कुमार लामा, उप सचिवमा नेत्रावती डवजोङका धन ब गुरुङ (चन्द्र) र किरणलाल श्रेष्ठ र कोषाध्यक्षमा राममाया तामाङ चयन हुनुभएको छ।
राजिव तामाङको अध्यक्षतामा सम्पन्न भेलामा एमाले केन्द्रीय उपाध्यक्ष एवम् पूर्व उपप्रधान तथा पूर्व गृहमन्त्री राम हादुर थापा (बादल) को प्रमुख आतिथ्यता तथा एमालेका केन्द्रिय सदस्य खेम लोहनी र एमाले धादिङका उपाध्यक्ष धनबहादुर घलेको विशेष आतिथ्यता रहेको थियो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |