रामेछाप, २१ चैत
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुले बाटो बिराएको भन्दै अब सच्चिएर अघि बढ्ने बताएका छन् ।
संवैधानिक राजतन्त्र र सनातन हिन्दु राष्ट्रको एजेण्डा लिएर अघि बढेका अध्यक्ष थापाले अहिले राजतन्त्र आवश्यक नरहेको बताउन थालेका छन् । गत मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा अध्यक्ष राजेन्द्र लिङ्देनसँँग पराजित भएपछि राप्रपा नेपालमा प्रवेश गरेका थापाले आफूलाई राजदरबारले हराएको भन्दै राजसंस्थाको एजेण्डा त्यागेको बताउँदै आएका छन् ।
राप्रपा महाधिवेशको बन्दसत्रमा राजसंस्थाको आवश्यकता र अपरिहार्यताबारे व्याख्या गर्दै प्रतिवेदन पेस गरेका थापा अध्यक्षमा पराजित भएपछि पूर्वराजपरिवारप्रति आक्रोशित हुँदै आएका छन् ।
राप्रपा नेपाल रामेछाप जिल्ला समितीद्वारा सदरमुकाम मन्थलीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले बिगतका त्रुटि र कमजोरी सच्याउँदै आगामी दिनमा गल्ती नगर्ने बताए ।
विगतमा ठूलो पार्टी बन्ने चाहनामा परि गलत प्रवृत्तिसँग सम्झौता गर्दै बाटो बिराएको स्विकारेका उनले नेपाललाई बाह्य शक्ति केन्द्रहरुको रणनीतिक प्रतिस्पर्धा स्थल बनाउने खेल भइरहेको आरोप लगाए ।
बाह्य शक्ति केन्द्रहरुको रणनीतिक प्रतिस्पर्धा स्थल बनाउने खेलअनुसार ठूला भनिने दलहरू मुलुकको स्वाधिनता र समृद्धिमा भन्दा ब्रह्मलुटमा केन्द्रित भएकोसमेत आरोप लगाएका उनले भ्रष्टाचार, बेरोजगारी र कुशासनको दलदलमा फसाउने अदूरदर्शी दलहरुको विकल्प खोज्नुपर्ने बताए ।
धर्म परिवर्तनको डढेलोले गर्दा मुलुक धार्मिक द्वन्दतर्फ जानेमा समेत थापाको चिन्ता थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |