काठमाडौं, २१ चैत
दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रेरित नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाको फाइनलमा पपुवा न्युगिनी (पिएनजी)विरुद्ध ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ६८ रनको योगफल तयार गर्याे ।
नेपालका लागि अर्धशतकीय इनिङ खेलेका दीपेन्द्रले सर्वाधिक ५४ रन बनाए । उनले ३८ बलमा पाँच चौका प्रहार गरे ।
नेपालले स्कोरबोर्डमा ४४ रन जोड्दा दुई विकेट गुमाएको नेपालले ८२ रनमै तेस्रो, चौथो र पाँचौ विकेट गुमाएको थियो । यस्तै, नेपालले एक सय १४ रनमा छैटौं विकेट गुमाएको थियो ।
नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रमशः २५ रन र २९ रनमा आउट भएका थिए । यस्तै, तेस्रो नम्बरमा ब्याटिङका लागि आएका रोहितकुमार पौडेल दुई रनमा आउट हुँदा दिलीप नाथ र आरिफ शेख डकआउट भएका थिए ।
यसबाहेक आक्रामक ब्याटिङ गरेका करण केसीले १२ बलमा पाँच चौका र एक छक्कासहित ३३ रन जोडे ।
नेपालले लिग चरणमा सत प्रतिशत जितसहित फाइनलको टिकट काटेको थियो । यस्तै, पिएनजीले भने तीनमा हार र एक खेलमा जितसहित फाइनलमा स्थान बनाएको हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |