काठमाडौं, २१ चैत
स्टार खेलाडीहरू केलियन एम्बाप्पे, नेयमार र लियोनल मेस्सीको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लोरिएन्टबिरुद्द ५-१ अन्तरको सानदार जित निकालेको छ ।
फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले दुई गोलसँगै ह्याट्रिक असिस्ट दिएपछि घरेलु मैदानमा आइतबार राति पीएसजीले सहज जित पायो ।
खेलमा नेयमार र एमबाप्पेले दुई तथा मेस्सीले एक गोल गरे । लोरिएन्टका तेरेम मोफीले एक गोल फर्काए । १२औँ मिनेटमा नेयमारको गोलबाट पीएसजीले अग्रता बनायो । २८औं मिनेटमा एमबाप्पेले अग्रता दोब्बर पारे ।
५६औं मिनेटमा तेरेम मोफीले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए । ६७औं मिनेटमा एम्बाप्पेले ब्यक्तिगत दोस्रो गोल गरे । ७३औं मिनेटमा मेस्सीले एम्बाप्पेको पासमा ४-१ को अग्रता बनाए ।
९०औं मिनेटमा एमबाप्पेको ह्याट्रिक असिस्टमा नेयमारले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरे ।
जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३० खेलबाट ६८ अंक जोड्दै १२ अंकको स्पष्ट अग्रता लिएको छ । दोस्रो स्थानको मार्सेको ५६ अंक छ । पराजित लोरिएन्ट २८ अंक जोडेर १६औँ स्थानमा छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |