काठमाडौं, १८ चैत
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको विकास र समृद्धिको सपना केपी ओलीको खलनायकपनले सकिएको आरोप लगाएका छन् ।
शुक्रबार काभ्रेका व्यक्तिलाई माओवादीमा प्रवेश गराउँदै उनले भने, ‘सबैको विश्वास जितेर निर्वाचनमा होमिएका थियौँ । निर्वाचनमा गइसकेपछि राजनीतिक स्थायित्व, विकास र समृद्धिको सपनासहित हामीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने कोसिस पनि गर्यौंँ । तर, हामीले जे सपना देखेका थियौँ, एकजना व्यक्तिको कारणले, खासगरी केपी ओली खलनायक भइदिएका कारण त्यो सपना पूरा हुन पाएन ।’
केपी ओलीले संविधान खारेज र उल्ट्याउने प्रयास स्वरुप प्रतिनिधिसभा विघटन गरेको भन्दै उनले आउने निर्वाचनमा ओली र एमालेलाई पराजित गर्नुपर्ने बताए ।
देशको परिवर्तन ल्याउने काम माओवादीले मात्र सक्ने भन्दै उनले यसको पुष्टि गत स्थानीय तहमा माओवादीले जितेको पालिकाको प्रगतिले गरेको बताए । देश संकटमा परेका बेला माओवादीले जोगाएको उनको दाबी छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |