काठमाडौं, १६ चैत
एएफसी कप–२०२२ को प्रारम्भिक छनोट खेल खेल्न श्रीलंका सुपर लिग च्याम्पियन ब्लु स्टार क्लब नेपाल आइपुगेको छ ।
सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब र ब्लु स्टारबीच २२ चैतमा खेल हुनेछ । खेल दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।
ब्लु स्टार क्लब आज अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएको हो । मछिन्द्र क्लबका प्रतिनिधिले ब्लु स्टार क्लबलाई स्वागत गरेका थिए ।
यता, मछिन्द्र क्लब लिगको सातौं चरणको खेलमा शीर्षस्थानमा रहदै एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्न पहिलो पटक छनोट भएको थियो । यसअघि ७७ सालको लिग उपाधि जितेपछि मछिन्द्र एएफसी क्लब लाइसेन्स नहुँदा प्रतियोगिता खेल्न बंञ्चित भएको थियो ।
यो खेलको विजेताले दोस्रो चरणको खेलमा भारतको मोहन बगानको सामना गर्नेछ । यस खेलको विजेताले समूह चरणमा स्थान बनाउने छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |