काठमाडौं, १७ चैत
सत्तारुढ दलहरूले स्थानीय तह निर्वाचनमा महानगरपालिकाको तालमेलसम्बन्धी निर्णय केन्द्रबाटै गर्ने सहमति गरेका छन् । आज बालुवाटारमा बसेको गठबन्धनमा सहभागी दलको बैठकले महानगरको हकमा केन्द्रबाटै टुंग्याउने निर्णय गरिएको हो ।
महानगरबाहेक उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको हकमा भने तालमेल गर्ने अधिकार सम्बन्धित तहलाई नै दिइएको छ । चुनावी तालमेलसम्बन्धी निर्णय गर्न संयन्त्र बनाउने निर्णय पनि गठबन्धन नेताहरूले गरेका छन् ।
स्थानीय तह निर्वाचनमा एकताबद्ध भएर जाने सहमति समेत भएको बैठकमा सहभागि नेकपा एसका नेता झलनाथ खनालले जानकारी दिए । संयन्त्र बनाउने विषयमा अर्को बैठकमा छलफल हुने उनको भनाइ छ ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, झलनाथ खनाल, रामचन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, अशोक राई, पूर्णबहादुर खड्का, गगन थापा, दुर्गा पौडेल, राजेन्द्र श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |